STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाउनुभएको थियो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिनुभएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो ।
Categorized in राष्ट्रिय