STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ सोमबार

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २८, आइतबार

काठमाडाैं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भाेलि पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ ।

प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । सोही अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिँदैछ । उनी सोमबार निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन् ।राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ ।

Categorized in राजनीति