STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागरिकता विधेयक अगाडि बढ्छः गृहमन्त्री श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २८, मंगलबार

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् ।

प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’

यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् । ‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको छु जसले संविधानअनुसार नागरिकता पाउन सकेका छैनन्, उनीहरूलाई नागरिकताविहीन बनाएर राख्न सकिँदैन, नागरिकता नहुँदाको पीडा बोध गर्न सक्नुपर्छ, त्यस कारण संविधानअनुसार नागरिकता पाउनेहरूको लागि यसअघि विधेयक बनाइएको थियो, त्यो विधेयक अगाडि बढ्न सकेन, अहिले त्यो विधेयक निष्क्रिय भएको छ, अब त्यसलाई हामी अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने,’त्यो दिशातर्फ हामी पहलकदमी लिन्छौँ ।

तर नागरिकताको विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने पक्षमा हामी छौँ । यसमा सबै दलको नेतृत्व, देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको व्यक्तिले उपयुक्त राय दिन जरुरी हुन्छ । सबै पक्षको सहमति कायम गरेर अगाडि बढ्नेछौँ ।’

Categorized in राजनीति