STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द फिर्ता

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ५, शुक्रबार

काठमाडौं - वैशाख ६ देखि १० गतेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दे बन्द कार्यक्रम फिर्ता लिएको छ ।

शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै बन्द फिर्ता लिएको विज्ञप्तिमार्फत भनिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले राजबन्दीको रिहाइ कानुन संशोधन गरेरै भएपनि निकाल्ने प्रतिबद्धता जाहेर गरेपछि सकारात्मक कदम चालिएको महसुस गर्दै नाउपाले नेपाल बन्द अर्काे सूचना नआउँदा सम्मका लागि स्थगित गरेको उल्लेख छ ।

सर्वाेच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेर रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपछि नाउपाले पत्रकार सम्मेलन गरेर ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएपछि नाउपा बन्द कार्यक्रमबाट पछि हटेको हो ।

Categorized in राजनीति