STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नाटक ‘बाकस’ मञ्चन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटकभन्दा फरकपना यस नाटकमा देखिएको दर्शकको भनाइ रहेको छ । यही नाटकबाट २५ वर्षपछि नाटक निर्देशनमा सरुभक्त श्रेष्ठले ‘कमब्याक’ गरेका छन् । उनको २५ वर्षको कमब्याकलाई ओजिलो बनाउन कलाकारले भरमग्दुर प्रयास गरेका छन् । नाटकलाई सरुभक्त श्रेष्ठले नै लेख्नुभएको हो । नाटक बाकसमा परिवर्तन, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, सङ्गम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीको अभिनय रहेको छ । यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निशान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदि कलाकारको अभिनय हेर्न पाइनेछ । पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हो । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त ‘सो’ का रुपमा दिउँसो एक बजेसमेत मञ्चन हुनेछ । नाटक हेर्न रु तीन सय र रु पाँच सयको टिकट लाग्नेछ । बुकिङमार्फत समेत नाटकलाई मञ्चन गर्ने तयारी थिएटरले गरेको सञ्चालक दिलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय