STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायणकाजीकाे दाबी - म नै नेकपाकाे आधिकारिक प्रवक्ता

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ८, बुधबार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले नेकपाको आधिकारिक प्रवक्ता आफु रहेको बताएका छन् ।

नेकपा अध्यक्ष ओलीले डाकेको केन्द्रीय समिति वैठकले नेता श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई नियुक्त गरेको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय समितिको वैठकबाट बाहिरिँदै श्रेष्ठले आफू नेकपाको प्रवक्ता भएको दाबी गरे । उनले आफु कुनै गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको जिकिर गरेका छन् । उनले कुनै गुटको भेलाको निर्णय नेकपासँग सम्बन्धित नहुने बताए ।

Categorized in राजनीति