STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारी दिवसको अवसरमा चार महिला सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण २४, मंगलबार

११२अौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा   यशोधरा सम्मान ललितपुर थेच्व निवासी भ्यान्टी महर्जन एम हुन् । यसअघि वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीकी जहान राधादेवी जोशीलाई सोही सम्मान दिइएको थियो ।  सर्वोच्च शिखर सगरमाथा आरोहणमा कल्पना महर्जनलाई प्रोत्साहित गरेकी सासुआमा भ्यान्टीलाई यो वर्षको विशेष सम्मान दिइएको न्हापांगु पलाः नेवाः मिसा पुचःकी अध्यक्ष शिला साय्मिले जनाइन् ।  नेपाली समाजकी बुहारीले सर्वोच्च शिखर दुई पटक आरोहण गर्नु चानचुन विषय भने होइन । तर कल्पनाले आफ्नो दृढ इच्छाशक्ति, घरपरिवारको प्रोत्साहन र पर्यटन व्यवसायी रविन्द्र महर्जनको सहयोगमा २०७५ सालमा हिमाल आरोहण गरेकी हुन् । यस्तै गरी सम्मानित हुनेहरुमा विश्वको सर्वोच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जन, मिस नेवाः ११३२ तथा रञ्जना लिपिका प्रशिक्षक सुनिता डंगोल र अोन्दे टोलकी १०५ वर्षिया बुद्धिमाया महर्जन छन् । 

कार्यक्रममा सहभागी जेष्ठ नागरिक ३५ जना आमाहरुलाई सम्यक र सिरपा साय्मिले आफ्नो बिवाह उत्सवको उपलक्ष्यमा साडी र चोलो, न्हापांगु पलाः नेवाः मिसा पुचःले जुत्ता, कांग्रेस नेतृ राज्यलक्ष्मी श्रेष्ठले पछ्यौरी र माधुरी मानन्धरले नगद रकम प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरुको हकहितको लागि आफै अगाडि बढ्नुपर्ने तर्क प्रस्तुत गर्दै  महिलाहरुलाई अहिले पनि घरको काम सकाएर मात्र बाहिरको काम गर्ने फुर्सद मिल्ने भएकोले  अब महिलाहरु पनि जागरुक हुनु आवश्यक छ  भनि भनिन् ।  विगतका समयमा कांग्रेस नेतृ मंगलादेवी सिंहले महिलाको शिक्षाको अधिकार तथा सतिप्रथा विरोधी आवाज बुलन्द गरेको श्रेष्ठले स्मरण गरिन् ।  कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ, २० नम्बर वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर, मिसा पुचःका सल्लाहकार संघरत्न शाक्य लगायतको सहभागिता थियो ।

Source: KK Manandhar

Categorized in उपत्यका