STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ नेता नेपाल

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताउनुभयो । उहाँले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताउनुभयो । निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उहाँले बताउनुभयो । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ । “सर्लाहीवासीले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सर्लाही लाने प्रयास गरिसकेका भए पनि अनन्त निजगढमा नै बन्नेमा सहमति भएको पनि नेता नेपालले बताउनुभयो । नेता नेपालले निजगढ विमानस्थलको विकल्प नभएको पनि बताउनुभयो । उहाँले मलेशिया, बैंकक, टर्की, कोरिया, जापान जहाँ गए पनि एयरपोर्ट शहरभन्दा एक घण्टा टाढा हुने गरेको उल्लेख गर्दै काठमाडौँसँगको दूरी अझै घटाउन दूर्तमार्ग पुल र सुरुङमार्गको धेरै प्रयोग गरिने बताउनुभयो । नेता नेपालले वन मन्त्रालयमा पाँच वर्षदेखि रुख कटानको फाइल अड्केको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बारा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, नेकपाका केन्द्रीय सदस्य बलवीर चौधरी, ज्वाला साह, दिनेश राई, गोपाल ठाकुर, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सासंद सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेललगायतको विशेष उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय