STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निमा लामाले ल्याए याम्मैले होई

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १०, आइतबार

आफ्ना श्रोता, दर्शक माझ एकपछि अर्को गीत पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् । 

पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ ।

सो भिडियोया  प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको छ भने भिडियोमा व्यवस्थापक जोग्लाल लामा, मिक्सिङ अर्पण थिङ्ग, छायांकन उमेश शाह, श्रृंगार बुद्घि तामाङ, कोरियोग्राफर प्रतिक ङेस्युर र निर्देशन, सम्पादन रोशन फ्युवा तामाङको रहेको छ । 

रसुवा जिल्लाको पार्वतीकुण्ड वरपरका हिमाली भेगको रमणीय स्थानहरुमा छायांकन गरिएको ‘याम्मैले होई’ हिमाली सेलो भाकाको गीत हो ।

Categorized in साहित्य-कला