STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । 
सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर  रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । 
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्या¥याक देखिएको समितिको आजको बैठकमा जानकारी दिइयो । 
समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई  निर्देशनसमेत दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउण्डेशनमा  क्या¥याक देखिएकाले तत्काल पुलको नक्सालाई  पुनरवलोकन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । 
 
त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समितिका सदस्य गणेश पहाडीले छिटो पुलको निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । 
अर्का सदस्य जीपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्छ भन्नुभयो । 
आजको बैठकमा समितिको आव २०७५÷७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेश हुनाका साथै, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत ग¥यो । समितिका सदस्य बीनाकुमारी श्रेष्ठको संयोजकत्वमा उपसमितिका गठन भएको थियो ।
Categorized in राष्ट्रिय