STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्माण व्यवसायीलाई  पुनःनिर्माणको प्रक्रियामा ल्याइने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ । 
नगरकोटस्थित तेलकोटमा आज आयोजित मनोहरा–नीलबाराही–चाँगु–तेलकोट सडकको शिलान्यास गर्दै उहाँले विकास कार्यमा कहीँ न कहीँ अप्ठ्यारो देखिएकाले त्यसलाई छिचोलेर सरकार अघि बढ्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले बिआरआई परियोजनामा परिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको बताउनुभयो । 
सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो,“ गुणस्तरीय कार्य नगर्ने र  ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानूनको डण्डा चलाएर भए पनि पुनःनिर्माणको प्रक्रियामा ल्याउँछौँ ।”
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रदेश सरकारले विनियोजन गरेको रु २७ करोड २५ लाख लागतमा १३ किमीको उक्त सडक १८ महीनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । 
सडक शिलान्यास कार्यक्रममा प्रदेश नं ३  प्रदेशसभा सदस्य सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश नं ३ पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी र  चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले निर्माण व्यवसायीका कारण पूर्वाधार विकासमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै सो सडक निर्माणसमयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 
Categorized in राष्ट्रिय