STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार

काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ । चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलहरु पनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यान्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा ६९८ मोटरसाइकल र १९५ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरेको हो । होल्ड गरिएका सवारी साधनलाई साँझ ८ बजेपछि मात्रै छाडिने महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए ।
Categorized in उपत्यका