STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निष्काशन गुट कारबाही मात्र : एमाले निष्काशित नेता

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ११, मंगलबार

नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित नेताहरूले स्थायी कमिटीको निर्णयलाई गुटको कारबाहीको संज्ञा दिएका छन् ।

उनीहरूले पार्टीलाई विग्रहको दिशामा धकेल्ने मनसाय राखेका ओलीले हाल त्यसको पुष्टि गरेको आरोप समेत लगाएका छन् ।

नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित नेताहरूले स्थायी कमिटीको निर्णयलाई गुटको कारबाहीको संज्ञा दिएका छन् ।

उनीहरूले पार्टीलाई विग्रहको दिशामा धकेल्ने मनसाय राखेका ओलीले हाल त्यसको पुष्टि गरेको आरोप समेत लगाएका छन् । साधारण सदस्यबाट समेत निष्कासित एमालेका पूर्वअध्यक्ष रहेका नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीले आफूहरूलाई गरेको निष्कासनको कुनै अर्थ नहुने बताएका छन् ।

ओलीको कदमविरुद्ध नयाँ पार्टी खोलेर संविधान र लोकन्त्रका पक्षधरहरूलाई समाहित गर्दै उनको प्रतिगमनको सशक्त प्रतिवाद गर्ने खनालले बताए ।

यस्तै कारबाही नेता भीम रावलले यो कारबाहीलाई केपी ओली गुटको कारबाहीको संज्ञा दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिना खान, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई साधरण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ ।

Categorized in राजनीति