नेकपाको सचिवालय बैठक सोमबार बस्दै
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे बस्नेछ ।
पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थगित भएको स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन ।
शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधान उन्मुख बन्दै गएको नेताहरूको दाबी छ।
अध्यक्षद्धद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति भएपछि विवाद हल गर्ने प्रयासस्वरुप महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो ।
सो कार्यदलले काम गरिरहेको बेला नेकपाले सचिवालय बैठक बोलाइएको हो ।
यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए।
Categorized in राजनीति