Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार
नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला नेतृत्व चयन भएसँगै एकताका प्रक्रिया चल्न लागेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र का पार्टी कार्यालय छुट्टाछुट्टै सञ्चालन हुँदै आएकामा सोमबारदेखि पार्टी कार्यालय एकै बनेको छ । पार्टी एकीकरणको एक वर्षपछि मेलम्चीमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, पार्टीका प्रदेश नं ३ सदस्य डम्बर अर्याल, चन्द्रबहादुर थापालगायतले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।कार्यालय उद्घाटनपछि नेकपाका केन्द्रीय सदस्य तामाङले अब मातहतका अरु कमिटीको एकता पनि चाँडै टुङ्ग्याइने जानकारी दिनुभयो । पार्टीका प्रदेश ३ का सदस्य थापाले सङ्गठन नै पार्टी जीवन भएकाले स्थानीय तहसम्म एकीकरण भइहाल्नुपर्नेमा जोड दिनुभयो ।