STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा विप्लवका नेता रोका माथि गोली प्रहार, एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २३, बिहिबार

कपिलबस्तु , प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको छ । आज बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीको गोली खुट्टामा लागे पछि उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घर बाट एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।
Categorized in राजनीति