STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालकी दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ६, शनिबार

काठमाडौं– नेपालीकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थिइन् । उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमित देखिएका छन् भने तीमध्ये दुईजना संक्रमणबाट निको भएका छन् । यसअघि गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका र उनी पनि निको भएर घर फर्किसकेका छन् । काठमाडौंकी स्थायी बासिन्दा ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनी आएको कतार एयरवेजको जहाजमा नेपाल आएका बागलुङका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय