STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालको चलचित्र महाेत्सवमा " शाेले" का निर्देशक आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ९, सोमबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटनमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पीको विशेष उपस्थित हुने भएको छ । भारतीय चलचित्र उद्योगमा " शाेले" जस्तो अत्याधििकसफल चलचित्र दिनु भएका रमेश सिप्पी  निफ काे नवाैं संस्करणको  उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको निफ का अआयाेजक    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनु  भयो ।

निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम राखिएको छ ।

निफको नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । जहाँ ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछन् ।

रमेश सिप्पीले अन्दाज , सीता ओर गीता, शक्ति , सान जस्ता  दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको छ । बलिउडमा काशेढुंगाका रुपमा साबित भएको चलचित्र ‘शोले’ उहाँकै निर्देशनमा बनेको हो । पछिल्लो समय उहाँले निर्देशन गरेको चलचित्र ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उहाँ दर्जनौं चलचित्रको निर्माता र केही फिल्ममा कलाकार समेत हुनुहुन्छ ।

सिप्पीले आफ्नो निर्देशनमा बनेका चलचित्रहरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराउनुभएको छ ।

Categorized in सिनेमा