STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालको झण्डा जलाउने गायक जेलमा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

काठमाडौं – म्युजिक भिडियोमा नेपालको झण्डा जलाएका गायक जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षको लागि जेल चलाउन गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासलले तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । नेपाली झण्डा जलाएको आरोपमा यसअघि तीनजनालाई १५ हजार धरौटीमा छोडिएको छ भने ५ जनालाई साधारण तारेखमा छोडिएको हो । गायक ग्याल्जेनलाई प्रहरीले स्वयम्भु भगवानपाउबाट पक्रेको हो । ग्याल्जेन तितुङ मंगोलियन गु्रपको सदस्य हो । मकवानपुरमा शुटिङ्ग गरिएको म्युजिक भिडियो ‘मंगोल हप अफिसियल’ नामकबाट युट्युब सामाजिक संजालमा अपलोड भएको थियो । भिडियोमा झण्डा जलाउनुको अलावा क्षत्री, ब्राह्मणहरुलाई अशिष्ट गाली समेत गरिएको छ ।
Categorized in अपराध-दुर्घटना