STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जका १६ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार

काठमाडौं – नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।
Categorized in राष्ट्रिय