STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाको टिभी कार्यक्रम "झीगु सः” ले पुरा गर्यो १२५ इपिसोड

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १५, शनिबार

नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको एकमात्र कार्यक्रम "झीगु सः” १२५ इपिसोड पुरा भएको छ ।

सोही अवसरमा एक कार्यक्रमका बीच आज दशैं, तिहार र नेपाल सम्बत नयाँ वर्ष ११४३ को  आदान प्रदान का साथै  झीगु सः टिभी कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्राविधिकहरुका साथै कार्यक्रम सन्चालन गरी सहयोग गर्ने कलाकारहरुलाइ सम्मान गरेको छ ।

झीगु सः टिभी कार्यक्रमका सल्लाहकार संघ रत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा झीगु सः र सुकुण्दा प्रोडक्शन को संयुक्त प्रयासमा गाइजात्रा को अवसर पारेर अायोजना गरेको हास्यव्यङ्ग महोत्सव "ख्यालः नखः ११४२ ” सहभागि भएका प्रहसनकर्मिहरु लगाएत सहयोगीहरू लाइ पनि सोही कार्यक्रममा सम्मानित गरिएको थियो भने रेडियो नेशन १०३.९ मेगाहर्जमा सन्चालन भइरहेको नेपालभाषाको दैनिक कार्यक्रम "रेडियो झीगु सः ” का कार्यक्म सञ्चालकहरू र विज्ञापनदाताहरुलाइ पनि सो समारोहमा सम्मानित गरिएको थियो ।

सो समारोहमा रेडियो झीगु सः का संयोजक राजु राजदेव बज्राचार्य ले स्वागत मन्तव्य राखेका थिए ।  सोही कार्यक्रममा झीगु सः समुहका संरक्षक विजयरत्न असंबरे , ललितपुर वडा नं १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य व सुकुण्दा फिल्म प्रोडक्शनका बाशु शाही, नाइस टेलिभिजन का प्रमुख निर्माता समीर जोशी लगाएत ले मन्तव्य राखेका थिए भने झीगु सः टिभि कार्यक्रमका इपिसोड निर्देशक राजिव राजोपाध्याय ले धन्यवाद ज्ञापन गरेका थिए ।

Categorized in साहित्य-कला