STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषामा फिल्म सिद्धान्तको पुस्तक आउँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं – फिल्मसिद्धान्त विषयमा नेपालभाषामा लेखिएको पुस्तक आज सार्वजनिक हुँदैछ ।

ओस्कार इन्टरनेशन कलेजबाट ग्राजुएसन सकाएका फिल्मकर्मी राकेश महर्जनद्वारा लिखित यो पुस्तक नेपालभाषा साहित्य क्षेत्रमै पहिलो फिल्म सिद्धान्तसम्बन्धी पुस्तक बन्न गइरहेको छ ।

नेपाल संवत् ११४१ नववर्षको अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको मुख्य आतिथ्यमा सो पुस्तक विमोचन हुन लागेको हो ।

कोरोना संक्रमणको कारण सामाजिक दुरी कायम गरी हुन लागेको सो विमोचनको प्रत्यक्ष प्रशारण शुक्रबार बेलुका ५ बजेबाट नेवाः युट्युबको फेसबुक पृष्ठबाट पनि हुँदैछ । 

सोही कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित शुभकामना गीतको म्युजिक भिडियो पनि सार्वजनिक हुन गइरहेको छ ।

यसैगरी, सोही कार्यक्रममा फिल्मकर्मी महर्जनकै शर्टफिल्म 'Colorful Umbrella' पनि नेवाः युट्युबकै प्लेटफर्मबाट सार्वजनिक हुँदैछ ।

नेवाः अमेरिकन दबू, शिकागोबाट प्रकाशित सो पुस्तकमा फिल्म सिद्धान्तसम्बन्धी आधारभूत विषयका बारे लेखिएका छन् । फिल्म विद्यार्थी एवं फिल्मकर्मीहरुलाई फिल्मसम्बन्धी आधारभूत सैद्धान्तिक ज्ञान दिने उद्देश्यले पुस्तक लेखिएको लेखक महर्जनले बताएका छन् ।

यसका लेखक महर्जन नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसबाट नेपालभाषा विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन् । महर्जन जनजाति खबर डटकमका सम्पादकको रुपमा कार्यरत छन् । यसअघि उनको ‘भृकुटी उपन्यासय् ऐतिहासिक तत्व’ नेपालभाषामा समालोचनात्मक पुस्तक प्रकाशित भइसकेको छ भने चाँडै नै पत्रकारिता विषयको पुस्तकका साथै कथासंग्रह पनि प्रकाशित हुँदैछ ।

 

Categorized in साहित्य-कला