STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा का तीन कृतिको विमोचन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १७, शनिबार

नेपालभाषा एकेदमिको आयोजनामा आज शनिबार नेवाः युट्युबको फेसबुक पेजको प्रत्यक्ष प्रशारणको माध्यमबाट तीन वटा विभिन्न पुस्तकहरू को विमोचन गरियो । आयाेजक संस्था नेपालभाषा एकेडेमीका संरक्षक समेत रहनु भएका वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद् डा सत्यमोहन जोशी को प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि डा जोशीको निवास स्थानमा रहेको लोक साहित्य भवनमा सम्पन्न विमोचन कार्यक्रममा नेपालभाषा एकेदमिको अर्ध वार्षिक प्रकाशन नेवाः प्रज्ञा को अङ्क ४ सहित समालोचक प्रा.डा. चन्द्रमान बज्राचार्यको समालोचना संग्रह ‘ल्हाःचिं’ (हस्ताक्षर) र साहित्यकार यज्ञरत्न धाख्वाःका कथा संग्रह ‘चं अजि’ (हजुर आमा) नामक पुस्तक नेपालभाषा एकेदमिबाट प्रकाशन गरिएको हो । प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले तीन वटै पुस्तक विमोचन गर्नु भयो । सो विमोचन कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष जोशीले नेपालभाषा एकेडेमीले विभिन्न विषयक पुस्तक प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै नेपाली साहित्य लाई अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद गरी अन्तरराष्ट्रीय साहित्य जगतमा पुऱ्याउन सक्नु पर्छ भन्नु भयो । आयाेजक संस्था नेपालभाषा एकेडेमीका उप कुलपति एवं साहित्यकार यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न सो विमोचन कार्यक्रममा सोही एकेडेमीका प्राज्ञ विजयरत्न असंबरे ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा आज प्रकाशित एक पुस्तक का लेखक बज्राचार्य लगायतले नेपालभाषा साहित्य बारे चर्चा गर्नु भएको थियो ।
Categorized in उपत्यका