STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा टिकटोक प्रतियोगिता सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार

काठमाडौं– विश्व नेवार दिवसको उपलक्ष्यमा राष्ट्रिय नेवाः खलः इजरायलको आयोजनामा ‘अन्तर्राष्ट्रिय नेपालभाषा टिकटोक प्रतियोगिता ११४०’ सम्पन्न भएको छ । अनलाइनमार्फत गत मार्च २७ तारिखमा स्काइपमार्फत् एक सम्मेलन गरी उक्त प्रतियोगिताका विजयी घोषणा गरिएको कार्यक्रम संयोजक राजकुमारी श्रेष्ठले जानकारी गराएकी छिन् । प्रतियोगितामा प्रथम लक्ष्मी राई, द्वितीय गौरव श्रेष्ठ र तृतीय साबी बोम्रेल भएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको उपस्थिति रहेको थियो । वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सीजन श्रेष्ठ र नेपाल गैर आवासीय संघ इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित थिए । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष नयन इमसोंग लिम्बु निर्णायक रहेको प्रतियोगितामा खलःकी उपाध्यक्ष सुनीता श्रेष्ठले विजेता नाम घोषणा गरेकी थिइन् । खलःका सल्लाहकार दाना श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव विमला श्रेष्ठले धन्यवाद ज्ञापन दिएकी थिइन् । कार्यक्रमको सभापतित्व खलःकी अध्यक्ष मनु श्रेष्ठले गरेकी थिइन् । नेपालभाषा साहित्य, कला, संगीतको उत्थान गर्ने उद्देश्यले राष्ट्रिय नेवा: खल: इजरायलकाे गठन भएकाे हो ।
Categorized in राष्ट्रिय