STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोनाको संक्रमण बढ्दो, एकैदिन १८९ संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार

काठमाडौं – शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ । कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । शनिबार केन्द्रीय प्रयोगशालामा परीक्षण गराएकामध्ये कपिलवस्तुका ७७, धनुषाका ७, झापा १, ललितपुर १, महोत्तरीका ४ र रौतहट ६, सर्लाहीका १७ र सिरहाका ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा आठ जनाको पोजिटिभ आएको छ । नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ गरेर तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु दैलेखका हुन् । त्यसैगरी विराटनगरको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ । जम्मा संक्रमित संख्या १४ सय एक पुगेको हो। शनिबार कोरोना पोजिटिभ पुष्टि भएकामध्ये १८५ पुरुष र चार महिला छन् । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन्। यस्तै प्रदेश नम्बर ५ मा ५४७, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमित छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ।
Categorized in राष्ट्रिय