STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार

काठमाडौं– कैलाली र रौतहटबाट दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि गरिएको हो । रौतहटका एकजना १९ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका थिए । क्वारेन्टाइनमा रहेका ती युवकबारे विस्तृत विवरण आउन बाँकी छ । कैलालीको लम्की चुहा–१ मा एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । १५ दिनअघि वीरगञ्जबाट आएकी ती महिला लम्बी बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बस्दै आएका थिए । र्यापिड टेष्टमा उनको नतिजा नेगेटिभ आए पनि थप परीक्षणको लागि काठमाडौं पठाइएको स्वाब परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको हो । अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसिरहेका तीनजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय