STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा थप तीनजनामा कोरोना पुष्टि, कुल संख्या ४५

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार

काठमाडौं– नेपालमा थप तीजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार उदयपुरकै थप तीनजनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण हुने ४५ जना भएको छ । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जनाएको छ । यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो । यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् ।
Categorized in राष्ट्रिय