STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा रामदेवको योग प्रतिबन्ध हुनुपर्छ : नेमकिपा

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार

काठमाडाैं-चिकित्सा विज्ञानले प्रमाणित नगरेको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा विनियोजन शीर्षक माथिको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले रामदेवको योगमाथि प्रतिबन्ध लगाएर फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नुपर्ने बताएका हुन् । ‘चिकित्सा विज्ञानले प्रमाणित नगरेको रामदेवको योगलाई प्रतिबन्ध लगाई, फिजिओथेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नु जरुरी छ,’ सुवालले भने, ‘मुटु, मृगौला र क्यान्सरको जेनेरिक औषधी आयातमा सहज र नेपालमै उत्पादन गर्ने व्यबस्था गर्नुपर्छ ।’
 सांसद सुवालले काठमाडौंमा जनसंख्या केन्द्रित गर्न रोक्नुपर्ने बताए । ‘नेपाली जनता खान नपाएर भोकमरीले छट्पटिने अबस्था आउने खतरा छ । भोकमरीको मारमा परेका जनता सिंहदरवार, बालुवाटार र शीतलनिवास वरिपरि सुत्न आउनेछन्, त्यो दिन टाढा छैन,’ सुवालले भने । खाद्य संकट हुन नदिन मजदूर किसानलाई क्षतिपूर्ति दिनुपर्ने र स्थानीय पालिकाका प्रत्येक वडामा तीनवटा सुपुथ मूल्य पसल खोल्नु पर्ने बताए ।
सांसद सुवालले सिंहदरबारले नै टिपर उद्योग चलाएको आरोप लगाए। ‘रात परेपछि सयौँ टिपरको लाइन भक्तपुरमा देखिन्छ’, उनले भने, ‘यो पुरातात्विक महत्वको सहर काठमाडौंलाई निर्माणका नाममा ध्वस्त पारिँदैछ। भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गरियोस्।’ नेता सुवालले अब स्कुल स्कुलमा समाजवाद पढाउनुपर्नेमा जोड दिए। सरकार पुँजीवादको भासमा परेको बताउँदै अब जनतालाई समाजवाद पढाउनुपर्ने बताएका हुन्। ‘अब स्कुलमा समाजाद पढाऊँ। अमेरिकाले दिने भनेको एमसिसी खारेज गरौँ’, उनले भने, ‘एमसिसी नेपालको हितमा छैन, यसलाई कार्यान्वयन गर्नु हुँदैन।’
Categorized in राजनीति