STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालले मलेसियालाई हरायो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

मलेसियामा जारी आइसिसी १९ वर्षमुनि यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ ।  
यसअघि छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग एक रनले पराजित भएको थियो ।टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेटायो । 
नेपालको जीतमा शुरुआती ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले पाँच चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् ।  त्यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे । 
बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
नेपालका पवन सर्राफ र कुशल मल्लले तीन÷तीन विकेट लिए भने कमल सिंह ऐरीले दुई विकेट झारे । अब नेपालले आफ्नो चौथो खेल भोलि ओमानसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् । 
Categorized in खेलकुद