STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली भएर सगरमाथा चढेका छैनाँैभन्दा मुटुमा बिज्थ्यो ः आरोही श्रेष्ठ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

२२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ रु” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ रु”
अमेरिकामा बस्दा यो प्रश्नले तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे निवासी रोहितकुमार श्रेष्ठलाई सधँै पोलिरहेको थियो । उक्त प्रश्नले मुटुमा किल्ला गाडेसरह भइरहेको थियो उहाँलाई । त्यो प्रश्नको उत्तर दिनका लागि पनि सगरमाथा चढ्छु भन्ने सङ्कल्प उहाँले सोही समयमा लिइसक्नुभएको थियो ।
सोही सङ्कल्प उहाँले जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेर पूरा गर्नुभएको छ । ४१औँ दिनमा उहाँले सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको थियो । “आज मेरो वर्षौंदेखिको सङ्कल्प पूरा भएको छ । अब अमेरिकामा गएर छाती फुलाएर सगरमाथा चढेको छु भन्न सक्ने भएको छु”, बन्दीपुर गाउँपालिकासहित स्थानीय सङ्घसंस्थाले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आज मेरो छाती गर्वले फुलेको छ ।”
सगरमाथा चढ्नकै लागि उहाँले थुप्रै पटक तालीम लिनुभएको छ । अमेरिकाको व्यस्त दैनिकीका बीचमा समेत सगरमाथा चढ्नका लागि ठूला–ठूला पहाडहरु चढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष मात्रै पनि नेपालको २० हजार फिटको हिमाल चढेको थिएँ, त्यो हिमाल चढ्दा खासै समस्या नभएपछि सगरमाथा चढ्न सक्ने आत्मविश्वास मलाई आएको थियो ।” 
निकट भविष्यमा नै नेपाल फर्किएर नेपालमै सेवा गर्ने सोच बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो छोराछोरी अहिले अमेरिकामा नै पढ्छन् त्यही कारणले तत्कालै नेपाल फर्कन सक्ने अवस्था छैन । तर निकट भविष्यमा नेपालमै आएर सेवा गर्ने लक्ष्य छ ।” हिउँमा चिप्लने खेल, जलविहारलगायत साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो दुई सय वटा पहाड चढिसक्नुभएको छ । 
Categorized in राष्ट्रिय