STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली म्युजिक भिडियो अवार्डको चौंथो संस्करणको तयारी शुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २०, सोमबार

कोरोना भाइरस (कोभिड - १९) ले गर्दा सिर्जित अवस्थाले गर्दा ठप्प रहेको मनोरञ्जनात्मक गतिविधि विस्तारै बढ्दै छ । नेपाली फिल्म र गीतसंगीतलाई चलायमान बनाउन विस्तारै कार्यक्रमहरु घोषणा भइरहेका छन् । यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सफलताका साथ पुरा गरिसकेको आयोजक संगिक्षा फिल्म्सले चौथो संस्करणको घोषणा गरेको छ । नेपाली गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिन चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।

उनले यो घोषणा सामाजिक सञ्जाल मार्फत  गरेका हुन् भने वि.सं. २०७८ नयाँ वर्षको अवसरमा आयोजना हुने बताएका छन् । उनले सन् २०२१ मा चौथो संस्करण हुने जानकारी सहित फारम खुलाएको समेत जनाएका छन् ।  उनले सन् २०२१ मै अवार्ड हुने बताएता पनि डेट र स्थान भने केहि समय पश्चात जानकारी गराउने बताए ।

हामीले औपचारिक कार्यक्रम गरेर नै स्थान र डेटको बारेमा जानकारी दिनेछौ भनि केसीले भनेका छन्  भने उनले अवार्डकालागि गीत दर्ता  खुलेको पनि बताए । यसअगाडी युएईको अबुधाबी र दुबईमा क्रमशः पहिलो र दोस्रो संस्करण सम्पन्न गरेको अवार्डको तेस्रो संस्करण संगीक्षा फिल्‍मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको थियो । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने केसीले बताए । सो अवार्ड मा नेपालभाषाका म्युजिक भिडियो बीच पनि अलग्गै प्रतिस्पर्धा हुने कुरा पनि आयाेजक संस्था संगीक्षा फिल्म्सका अध्यक्ष मनोज के.सी.ले जानकारी गराए ।

Categorized in साहित्य-कला