STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल–भारत मैत्री समाजद्वारा सामग्री वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

नेपाल–भारत मैत्री समाजले आज पोखराको लेखनाथस्थित भण्डारढिकमा युवा क्लबलाई खेल सामग्री र आमा समूहलाई सिलाइ मेसिन, पाल र खानेपानीको ट्याङ्की प्रदान गरेको छ । सो अवसरमा छ वटा युवा क्लबलाई नौ थान भलिबल, २० थान फुटबल र दुई थान बास्केटबल प्रदान गरिएको छ भने अर्घौं तमु समाजलाई दुई थान पाल, एक हजार लिटरको खानेपानी ट्याङ्की र सात वटा आमा समूहलाई १८ वटा सिलाइ मेसिन वितरण गरिएको हो । 
 
नेपाल–भारत मैत्री समाजद्वारा आयोजित सो कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष प्रेम लस्करी, नेपाल–भारत मैत्री समाज गण्डकी प्रदेशका संयोजक निर्मल गुरुङ, मानव अधिकार परिषद् नेपालका केन्द्रीय अध्यक्ष तुलसी थापालगायतले उपलब्ध गराइएका सामग्रीबाट महिलालाई स्वरोजगारमा सहयोग पुग्ने र खेलकूदको सामग्रीका माध्यमबाट खेलकूदको विकास हुने धारणा राख्नुभएको थियो । नेपाल–भारत मैत्री समाज पोखरा, लेखनाथका अध्यक्ष क्याप्टेन धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मानव अधिकार परिषद् नेपालद्वारा सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका २० जनालाई सम्मानसमेत गरिएको थियो । 
Categorized in राष्ट्रिय