नेपाल अफ्रिका फिल्म फेस्टिबल आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १६, सोमबार
काठमाडौं - कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोज ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ । आइतबार सो महोत्सवको चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले उद्घाटन गरे ।
नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सो उद्घाटन समारोहमा सम्मान पनि गरिएको थियो । समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए । यस्तै, लोकप्रिय गायक अलिप खान, लोकप्रिय गायिका सुजता केसी, चलचित्र निर्देशक कल्यण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए ।
चर्चित नेल आर्ट टेक्निसियन सुजन तिमिल्सिना भने राष्ट्रिय नेल आर्ट टेक्निसियन सम्मानबाट सम्मानित भए । यस्तो मेक अप आर्टिस्टको रुपमा लामो समयदेखि योगदान दिएका, मेक अप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए । यसै गरी ब्युटिसियन क्षेत्रमा लामो समयदेखि योगदान दिएका ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९ बाट सम्मानित भए ।
सो क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथी दाहालले बिदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकाश बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा बिदेशी चलचित्रको प्रवर्धनलाई मद्धत पुगेको बताए ।
आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सब गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।
यस्तै प्रतिनिधि सभाकी सांसद मन कुमारी जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको संस्कृति अादान प्रदानको लागि यो महोत्सव निकै उपयोगी हुने गरेको बताईन् । यस्ता महोत्सबलाई सघाउन आफुले सँसदमा आबाज उठाउने उनले प्रतिवद्धता जनाईन् ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले नीजि स्तरबाट भएका यस्ता अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सबलाई राज्यले सहयोग गर्नु पर्ने जिकिर गरे । नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकद्धिप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सव बृद्धि हुँदै गएकोमा खुसी व्यक्त गरे । यस्तो महोत्सब बृद्धि हुनुमा नेपाल अफ्रिका फिल्म फेस्टिबलको उत्तिकै योगदान रहेको उनीहरुले बताए ।
कार्यक्रममा पत्रकार जिवन पराजुलीले महोत्सबमा चयन भएका चलचित्रबारे चर्चा गरे । यस्तै अभिनेता धिरेन शाक्यले महोत्सबमा निकै राम्रा र फरक सिनेमा आएको बताए ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सबमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।
महोत्सबको निर्णायकहरुमा संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।
महोत्सबमा आईतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’ प्रदर्शन गरियो । यस्तै आईतबार नै दुई नेपाली लघू चलचित्र ऋषीराज आचार्यको निर्देशनको ‘राईज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाईयो । यस्तै केमरुनको बृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेश टाईम पनि प्रदर्शन गरियो । महोत्सबमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सब अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
Categorized in सिनेमा

