नेपाल-खनाल समूहका सांसदले राजीनामा दिने
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार
अध्यक्ष केपी शर्मा ओली नसुध्रिएको भन्दै एमालेको नेपाल-खनाल समूहका सांसदले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिनुअघि स्थायी कमिटी बैठकमा उनीहरूले छलफल गर्ने भएका छन् ।
नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउने बटमलाइनमा अध्यक्ष ओली सकरात्मक नभएपछि उनीहरू राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
नेपाल-खनाल समूहमा प्रत्यक्ष निर्वाचित २२ सांसद छन् भने समानुपाति निर्वाचन प्रणाली मार्फत निर्वाचित ११ सांसद छन् ।
प्रत्यक्ष निर्वाचिथ सांसदहरुमा झलनाथ खनाल, इलाम १, माधवकुमार नेपाल, काठमाडौं २, घनश्याम भुसाल, रुपन्देही ३, भीम रावल, अछाम १, सुरेन्द्र पाण्डे, चितवन १, गोकर्ण विष्ट, गुल्मी १, योगेश भट्टराई, ताप्लेजुङ, सोमप्रसाद पाण्डे, पाल्पा २, यज्ञराज सुनुवार, ओखलढुंगा, गणेश पहाडी, सिन्धुली १, जयकुमार राई, सुनसरी १, भवानी खापुङ, तेह्रथुम, पवित्रा निरौला खरेल, झापा १, जीवनराम श्रेष्ठ,काठमाडौं ८, नारायण खतिवडा, नुवाकोट १, विरोध खतिवडा,मकवानपुर २, मेटमणि चौधरी,दाङ १, हिराचन्द्र केसी, दाङ ३, दिपकप्रकाश भट्ट,कञ्चनपुर ३, राजवहादुर बुढा,दैलेख २, झपट रावल, कैलाली २, कृष्णलाल महर्जन, ललितपुर २ रहेका छन् ।
समानुपातिक तर्फका सांसदहरूमा रामकुमारी झाँक्री, गुल्मी, निरादेवी जैरु, डडेलधुरा, कल्याणीकुमारी खड्का, रौतहट, गंगा चौधरी सत्गौवा, दाङ, बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर, लक्ष्मीकुमारी चौधरी, कैलाली, मुकुन्द न्यौपाने, काठमाडौं, समिना हुसेन, रौतहट, पुष्पाकुमारी कर्ण यादव, पर्सा, कालिला खान, तनहुँ रहेका छन् ।


