नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको जन्मजयन्ती मनाइयो
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १३, सोमबार
नेवाः पत्रकार राष्ष्ट्रिय दबु काे आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गको विशेष उपस्थिति मा शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सो समारोहमा मन्त्री गुरुङ्गले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण पनि गर्नुभयो ।
ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ । यसले इतिहास मेट्ने कार्य भइरहेको छ भनि उल्लेख गरिएको छ ।
सञ्चार मन्त्री गुरुङले पत्रकार महासंघको अध्यक्ष विवाद बारेमा आप्mनो ध्यानाकर्षण भएको बताउनुहुँदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गर्नेछु, भन्नुभयो । ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो । यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ’ सञ्चार मन्त्री गुरुङले थप्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन गरिरहेको छैन, भन्नुभयो । उहाँका अनुसार देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको छ ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबू, यलका कोषाध्यक्ष सुनील बज्राचार्यले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
Categorized in राष्ट्रिय

