STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल बहराइन प्रवेशाज्ञा उन्मुक्ति सम्झौतामा जोड

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २०, शुक्रबार

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिवद्वय डा सैखा राना विन्ट लसा अल खलिफा डा सैखा अब्दुल्ला बिन अहमद बिन अब्दुल्ला अल खलिफलाई नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागिताका लागि निमन्त्रणा दिनुभएको छ । राजदूत सुन्दासले उहाँहरुलाई छुट्टाछुट्टै भेटी निमन्त्रणा दिनुभएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । भेटमा पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा विविधीकरणलगायत अन्य विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मङ्गलबार भएको भेटका क्रममा दुवै सचिवले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न नेपाल र बहराइनबीच सीधा हवाई सम्पर्क भएमा कोसेढुङ्गा सावित हुने र कूटनीतिक, विशेष तथा आधिकारिक राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्तिसम्बन्धी सम्झौता हुन सकेमा दुई राष्ट्रको सम्बन्ध कसिलो हुनेमा जोड दिनुभयो । राजदूत सुन्दासले दुई देशबीचको सम्वन्धलाई थप उचाइमा पु¥याउने उद्देश्यले नेपाल बहराइन मैत्री समूहसमेत गठन गर्नुभएको छ ।
Categorized in राष्ट्रिय