STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र  इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 
 
मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको  १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 
संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमशः अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रका हस्ताक्षर गर्नुभयो । 
नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 
Categorized in राष्ट्रिय