STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

काठमाडौं- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल अपराह्न १२:१५ बजेदेखि शुरु हुने छ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ।

कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी

वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन्।

Categorized in खेलकुद