नेपाल संवत् नेपालकै परिचय बोक्ने संवत् : काठमाडौं मेयर
Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २१, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल संवत् नेपालकै परिचय बोक्ने संवत् भएकोले नेपाल संवत्को न्हूदँ (नववर्ष) मनाउन आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ ।
नेपाल संवत् ११४१ को नववर्ष मनाउन गठित ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’का सदस्यहरुसँगको भेटमा बिहीबार मेयर शाक्यले सो वचन दिनुभएको हो ।
समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा सचिवालय सदस्यहरुको टोलीसँग भेट गरेका थिए ।
भेटघाटमा यस वर्षको न्हूदँ मनाउने विषयमा छलफल भएको थियो । कोरोना महामारीको जोखिम रहेकोले यस वर्ष बेग्लै रुपमा न्हूदँ मनाउने विषयमा मेयर र समितिका सदस्यहरुबीच छलफल भएको थियो ।
समारोह समितिका अध्यक्ष महर्जनले नववर्ष मनाउन आवश्यक सहयोगको लागि मेयरलाई अनुरोध पनि गरेका थिए ।

Categorized in राष्ट्रिय


