नेपाल संवत् नेपालीको मौलिक संवत् – मुख्यमन्त्री पौडेल
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ३०, आइतबार
काठमाडौं – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्को रुपमा सबै नेपालीले आत्मसात गरिसकेको बताएका छन् ।
नेपाल संवत् ११४१ नववर्षको अवसरमा आज लक्ष्मीपूजाको दिन शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले नेपाल विविध धार्मिक र सांस्कृतिक विशेषता भएको देश भएकोले धार्मिक, सांस्कृतिक एवं जातीय एकतामा बलियो रहेको जनाएका छन् ।
मुख्यमन्त्री पौडेलले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, ‘नेपालको मौलिक संवत् नेपाल संवत् ११४१ नववर्षको अवसरमा प्रदेशबासी दाजुभाइ दिदीबहिनी एवं सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”
मुख्यमन्त्री पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाःले तत्कालीन ऋणले थिचेका र साहुका दास जीवन बाँच्न बाध्य रहेकाको ऋण चुक्ता गरिदिएको दिनको सम्झनामा नेपाल संवत् प्रचलनमा ल्याएको उल्लेख गर्दै यस दिनलाई विशेषतः नेवार समुदायले धुमधामससाथ मनाउने र अहिले नेपालको मौलिक संवत्को रुपमा सबैले आत्मसात गरिसकेको बताएका छन् ।
Categorized in राष्ट्रिय


