STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल संवत नयाँ वर्षको अवसरमा जिल्ला जिल्लामा विविध कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

नेपालको मौलिक संवत् नेपाल संवत ११३९ नयाँ वर्षको अवसरमा पाटनको भिन्छेँबहालमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहीँ आउँदो नेपाल संवत ११३८ कौलागा आमई लक्ष्मीपूजाका दिन कार्तिक २१ गते बुधबार सो कार्यक्रम गर्ने आयोजकले जनाएको छ । ललितपुरको भिन्छेँबहालको मयूरवर्ण मिसा पुचःको आयोजनामा हुन गइरहेको सो सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि आयोजक मयूरवर्ण महाविहार मिसा पुचःलाई सम्पर्क राख्न आयोजकले अनुरोध गरेको छ । सो अनुरोध अनुसार कार्तिक १८ गते भित्र आफ्नो नाम दर्ता गर्नको लागि आयोजक समितिले सूचना जारी गरेको छ । आयोजक संस्था मयूरवर्ण मिसा पुचःका अध्यक्ष ज्ञानी बज्राचार्य र सचिव ज्ञानी बज्राचार्यले संयुक्त रुपमा सूचना सार्वजनिक गरी सो सांस्कृतिक कार्यक्रमको लागि आर्थिक सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ । यसैबीच ‘भाषा, संस्कृति हाम्रो ज्यान, नेपाल संवत राष्ट्रिय शान’ भन्ने नारा अगाडि सारी सम्वद्र्ध संस्था नेवाः देय् दबू धरान उपमहानगर समितिको सदस्य संस्था झीगु समाज धरानको आयोजनामा नेपाल आदिवासी जनजाति महासंघ र धरान उपमहानगपालिकाको विशेष सहयोगमा ‘सप्ताहव्यापी नेपाल संवत ११३९’ कार्यक्रम आयोजना गर्ने भएको छ । सो सप्ताहब्यापी कार्यक्रम नेपाल संवत ११३८ कौलागा द्वादशीदेखि नेपाल संवत ११३९ कछलाथ्व पारु कार्तिक १८, १९, २०, २१ र २२ गते गरी पाँच दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । उक्त ‘सप्ताहव्यापी नेपाल संवत ११३९’ कार्यक्रममा सबैलाई सहभागी हुन पनि आयोजकले अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय