नेपाल स्काउटले ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार
काठमाडौं– विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने भएको छ ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले दिएको जानकारीअनुसार उपत्यकाका ५० स्थान छनोट गरी ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य गर्नेछन् ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी स्काउट समूहलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन् ।
एक हप्तासम्म चल्ने यो अभियानबाट काठमाडौं उपत्यकाका लाखौ जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने लक्ष्य नेपाल स्काउटले लिएको छ ।
Categorized in राष्ट्रिय