STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेप्लिज फेसन होमले किड क्विन नेपाल यस वर्ष पनि गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन ४, मंगलबार

नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ।

आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस वर्षको प्रतियोगितामा सहभागि भएका ९  वर्षदेखि १४ वर्षसम्मका २५ जना प्रतिभावान् बालिकाहरुले काठमाडौंमा आयोजित प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट शोमा आफुमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका छन्। ट्यालेन्ट उपउपाधिका लागि आयोजित ट्यालेन्ट शोमा बालिकाहरुले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता आफुमा लुकेको प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थिए। 

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा वडा नम्बर १९ का वडा अध्यक्ष कुश ढकालको प्रमूख आतिथ्यतामा भएको  प्रतिभा प्रदर्शन कार्यक्रममा समाजसेवी सुर बहादुर श्रेष्ठ, मिस नेवाः २०२२ सलिना महर्जन र किड्स क्वीन सोसियल वेलफेयर एम्बेसडर चिफ २०१८ अपेक्षा शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेसिन काईकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सौन्दर्यविद मञ्जु नकर्मी पाण्डे, फेशन डिजाइनर शोभा महर्जन, मिस नेवाः ११३६ की फष्ट रनर्सअप रेजिशा डंगोल र मिस नेवाः २०२१ कृषा महर्जन निर्णायक रहेका थिए।

 प्रतियोगिता मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, मिस नेवाः नपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुने प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, परी मगर, स्तुति कार्की, तृप्ति वैद्य, ज्योति कार्की, पलिस्था कुटुवो, इप्शा प्रजापति, प्रश्का पुलामी गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्।

बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्म विश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन्। उनका अनुसार प्रतियोगितामा सहभागि भएका बालिकाहरूलाई आफ्नो रीतिरिवाज, धर्म संस्कृति र चाडबाडका बारेमा समेत ज्ञान प्रदान गर्ने गरिन्छ।

Categorized in साहित्य-कला