STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाःएकतादिवसको अपिल

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २, बुधबार

यहीने.सं. ११४० पोहेलाथ्वनवमिपुष १९ गते शनिबार दिउँसो १२ बजे असनचोकमाजनसभाआयोजना गरी दसौं नेवाःएकतादिवस मनाउनगइरहेको सबैमा अनुरोध छ । असनचोकमाहुने सभा अगाडि काठमाडौंको न्युरोड भुगोल पार्कमाबिहान ११ बजे भेलाभइ साँस्कृतिक ¥याली शुरु गर्ने कार्यक्रम रहेको छ । दसौं नेवाःएकतादिवसको अवसरमाहुने कार्यक्रममा सहभागिहुन सबै जातियखलःपुचः संघ संस्थालाई अनुरोध गर्दछौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेवाः स्वायत्त राज्य सुनिश्चितगर्नु नै नेवाः राजनीतिकआन्दोलनको मूल उद्देश्य रहेको छ । यही उद्देश्य पुरा गर्न नेवाः स्वायत्त राज्यमंकाः संघर्ष समितिले नवमिप्वहेलाथ्व , ११३० (२०६६ पुष ११ गते ) दशरथ रंगशालामालाखौं नेवाःहरु भेलाभइ नेवाः स्वायत्त राज्य घोषणा सभा गरी नेवाः समुदायको माग र अवधारणा सार्वजनिकगर्दै संविधान सभा, राजनैतिकदलका साथै सबै सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको थियो । त्यहीवर्ष थिमिको बोडेमा नेवाः राष्ट्रिय राजनीतिक सम्मेलन भयो र त्यही सम्मेलनले नेवाः समुदायभित्र परम्परा देखिको जातीय् क्षेत्रीय साँस्कृतिकधार्मिक अनेकता र असमानताको विरुद्ध पोहेलाथ्वनवमिको दिन नेवाःएकतादिवस आयोजनागर्ने घोषणा गरियो । यही संघर्षको ऐतिहासिकदिनको स्मरणमा बर्षेनिप्वहेलाथ्वनवमिकादिन नेवाःएकतादिवस आयोजनाहुदै आएको छ । दोश्रो संबिधान सभाले पहिचाननभएको संबिधान घोषणा गरिसके पछिको समयमा नेवाः राजनीतिकआन्दोलन कमजोर हुनथालेको यथार्थ हो, तर आन्दोलन रोकिएको छैन भन्ने स्पष्ट पार्न नेवाःएकतादिवस भव्यतापूर्वक मनाइ नेवाःएकताप्रदर्शन गर्नु आजको आवश्यकताहो । नेवाः समुदायभित्र अनेकतामाएकताकायमगर्ने उद्देश्यका साथ नेवाः एक छौं भन्ने घोषणा पहिलो नेवाःएकतादिवसमाभएको स्मरण गर्दै दसौं नेवाःएकतादिवस आयोजनाहुनगइरहेको छ । नेवाः स्वायत्त राज्यप्राप्तिकालागि नेवाः समुदाय सबै एकताबद्ध भइ नेवाः सरोकारको कुरा बुलन्दगर्नु नै यस दिवसको मूल उद्देश्य रहेको छ । नेवाःएकतादिवस मनाउनगइरहेको समय राज्य सत्ताले निरन्तर नेवाः समुदायलाई भूमिबाट विस्थापितगर्न भइरहेको षडयन्त्र, व्यापार व्यवसायबाट नेवाः समुदायलाई विस्थापितगर्न भइरहेको षडयन्त्र, भाषा सँस्कृति सम्पदा नष्ट गर्न भइरहेको षडयन्त्र आदिको विरुद्ध एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको छ । आजको समयहामीले राज्य सत्ताको षडयन्त्र सडक विस्तार, फास्ट ट्रायक, बाह्यचक्रपथ, स्मार्ट सिटी, गुथिविधयेक, सम्पदामाव्यापारिकरणको रुपमा देखिनथालेका छन् । यसका विरुद्ध सचेत, एकताबद्ध संघर्ष नगर्ने हो भने नेवाःजातिको अस्तित्व समाप्तहुने स्थिति आउने देखिन्छ । त्यसैले नेवाःएकतादिवस नेवाःजागरण दिवसको रुपमामनाउनआवश्यक छ । नेपालको संविधानकार्यान्वयनगर्ने क्रममा संविधानलाई उपयोग गरी सकिने जति नेवाःअधिकार लिनकालागिदवावमूलककार्यक्रमगर्दै जाने हाम्रो तात्कालीनआन्दोलन हो । तर हाम्रो मुख्य उद्देश्य नेवाः स्वायत्त राज्य सुनिश्चितभएको संविधाननिर्माणको लागि संघर्ष गर्नु नै हो । तर जारी संविधानमा नेवाः स्वायत्त राज्य सुनिश्चितहुननसकेको र अन्तरिम संविधानमाब्यवस्था रहेको आदिवासीजनजाति र उत्पीडित समुदायको अधिकार समेत खोस्ने कामभयो । त्यसैले यस संविधानप्रतिअसहमतिजनाई नेवाः स्वायत्त राज्यकालागि संघर्ष अघि बढाउनु पर्ने अवस्था रहेको छ । केहीवर्ष अघि सरकारबाट संसदमा पेश गरेको संविधान संशोधनविधयेकमापनिहाम्रो मागनसमेतिएकोले हामीले असहमतिजनाई कार्यक्रमगर्दै आइरहेको सबैमाविदितै रहेको छ । संविधान संशोधन गरी पहिचान सहितको नेवाः स्वायत्त राज्य सुनिश्चितगर्नु पर्दछ भन्ने हाम्रो मागहो । नेवाः समुदायमाथि राज्यसत्ताबाट भइरहेको सबै खाले उत्पीडन र विभेदको विरुद्ध नेवाः समुदाय एकताबद्ध भइ जुरमुराइ सक्यो भन्ने देखाउनदसौं नेवाःएकतादिवस भव्यतापूर्वक सम्पन्नगर्न पोहेलाथ्वनवमि (पुष १९ गते) शनिवार असनमा भेलाहुन सबैमा अनुरोध गर्दछौं । नेवाः देय् दबुको संयोजनमा नेवाः स्वायत्त राज्यमंकाः संघर्ष समितिका सबै घटक संस्था बाट सोमवार सार्वजनिक गरेको अपिल
Categorized in राष्ट्रिय