STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः जागरण मञ्च जापानको चौथाे अधिवेशन हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३०, शनिबार

टोकियो -  नेवा:जागरण मञ्च जापानको चौथो अधिवेशन हुने भएको छ l मञ्चको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै मञ्चको चौंथौ अधिवेशन आउँदो अक्टोबर महिनामा गर्ने निर्णय गरेको हो l 

बैठकले तेस्रो कार्यसमितिलाई पुनर्गठन  गर्दै चौथो अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित समेत गरेको छ l

निवर्तमान अध्यक्ष जनकराज शाक्यले बताए अनुसार विविध कारणवश  मञ्चको अधिवेशन गर्न नसकिएकोमा क्षमा याचना गरेको  छ l

बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मञ्चका नियमित कार्यको साथसाथै चौथो राष्ट्रिय  अधिवेशन आयोजनार्थ आवश्यक सम्पूर्ण तयारी पनि गर्ने निर्णय गरिएको छ l  चौथो अधिवेशनलाई  भव्य बनाउनको लागि आयोजक समितिमा निवर्तमान कार्यसमितिमा  रहेका अधिकांश व्यक्तिहरु सदस्यको रुपमा रहेका छन् भने केही सदस्य पछि थप गरिने पनि जोशीले जानकारी दिए l

समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य श्याम तन्डुकारलाई दिइएको  छ l साथै आयोजक समितिलाई आवश्यक
सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ  ।

अधिवेशन आयोजक समितिको बैठक छिटै बसी आवश्यक
तयारीका साथै अन्य योजनाहरु निर्णय गरिने पनि जनाइएको छ ।

Categorized in राष्ट्रिय