नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार
नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् ।
नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो ।
८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ ।
स्वर्गीय प्रथमाञ्जलि स्थापित (नाती दाई)को अन्तिम दाहसंस्कार जेठ २० गते सोमबार बिहान १० बजे काठमाडौंको शोभा भगवती घाटमा हुने जानकारी परिवार श्रोतले दिनुभएको छ ।
Categorized in उपत्यका