STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः देय् दबूको कावासोति र चौडण्डीगढ अधिवेशन सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २, शुक्रबार

काठमाडौं– नेवाः देय् दबूको कावासोति र चौडण्डीगढ नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । देय् दबू कावासोति नगर कमिटीको प्रथम अधिवेशनले भुवराज श्रेष्ठको अध्यक्षतामा ९ जनाको नगर कार्यसमिति गठन गरेको छ । यसैगरी उदयपुरको बेलटारमा भएको चौडण्डीगढ नगर कमिटीको प्रथम अधिवेशनले रमेश प्रधानको अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरेको छ । प्रधानको अध्यक्षतामा ८ जनाको नगर कमिटी गठन गरिएको छ । नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा देय् दबूका प्रदेश नं. १ का सहइन्चार्ज इन्द्र श्रेष्ठको उपस्थिति थियो ।
Categorized in राष्ट्रिय