STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः देय् दबू को आफ्नै भवन काे उदघाटन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २२, आइतबार

देशभर फैलिएर रहेका नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू को आफ्नै प्रशासनिक भवन ‘नेवाःछें’ को शनिबार   औपचारिक उद्घाटन गरिएको छ।

काठमाडौ महानगरपालिकाका कार्य वाहक मेयर   सुनिता डंगोल ले एक विशेष समारोहका बीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेवाः समुदायका अग्रज व्यक्तित्व, सांस्कृतिककर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेवाः देय दबुका अध्यक्ष पवित्र बज्राचार्य काे सभापतित्वमा सम्पन्न साृ  कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले नेवाः समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा ‘नेवाःछें’ महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले काठमाडौँको मौलिक पहिचान जोगाउन नेवाः समुदायको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै महानगरले यस्ता सांस्कृतिक संरचनाहरूको संरक्षण र प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

नेवाः देय् दबूका पदाधिकारीहरूले लामो समयको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको जनाउँदै यस भवनबाट भाषा, संस्कृति, परम्परा, अनुसन्धान तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिने जानकारी दिएका छन्।

‘नेवाःछें’ निर्माणसँगै नेवाः समुदायका गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Categorized in राष्ट्रिय