नेवाः समुदायलाई अपमान गरेको आरोपमा कमेडियन सिंह पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १२, आइतबार
कमेडि क्याफे नामक एक कार्यक्रममा कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंह लाई प्रहरीले पक्राउ गरेको छ ।
कमेडियन सिंहले नेवाः समुदाय, संस्कृतिमाथि अपमानजनक कमेडियन गरेको भन्दै नेवाः अभियान्ताहरुले बिरोध गरेपछि आज आइतबार जिल्ला प्रहरी कार्यालय काठमाण्डौले पक्राउ गरेको थियो ।
हिजो नेवाः अभियान्ताहरुले प्रहरी कार्यालयमा सिंह बिरुद्ध उजुरी दर्ता गरेको थियो ।


