STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नौजनालाई नइ बाल पुरस्कार प्रदान गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख १३, सोमबार

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो भने सो निर्णय अनुसार सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको कुरा उक्त प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएको छ  ।

त्यसै गरी साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपियाँ राशिका हुनेछन् ।

नइ प्रकाशनले १० वर्षीय श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।

ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपियाँ राशि रहेका छन् ।

त्यसै गरी  पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।

Categorized in साहित्य-कला